सलाम एयरले टिकट बिक्री गर्ने उत्कृष्ट १० ट्राभल्स एजेन्टहरुलाई गर्यो सम्मान

  २०७९ पुष ६ गते १३:२४     विकासन्युज

काठमाडौं । सलाम एयरलाईन्सले नेपालस्थित आफ्ना टिकट बिक्री गर्ने ट्राभल्स एजेन्सीहरुलाई सम्मान गरेको छ । सन २०२२ भित्र टिकट बिक्री गर्ने उत्कृष्ट १० ट्राभल्स एजेन्टहरुलाई सम्मान गरेको हो ।

विभिन्न विद्या अन्तर्गत टप रेभिन्यु पर्फर्मेन्स अवार्डबाट बेस्ट वे ट्राभल्स एन्ड टुर्स प्रालि, एक्सल ट्राभल्स एन्ड टुर्स प्रालि, हार्वेस्ट मून ट्राभल्स एन्ड टुर्स प्रालि, वोपन अवे ट्राभल्स एन्ड टुर्स प्रालि, प्रयास ट्राभल्स एन्ड टुर्स प्रालि, रस्विता ट्राभल्स एन्ड टुर्स प्रालि र सी लिन्क ट्राभल्स एन्ड टुर्स प्रालि सम्मानित भएकाे छ ।

त्यस्तै, मस्ट इम्प्रुभ्ड रेभिन्यु कन्ट्रीब्यूटर अवार्डबाट मर्स्याङ्दी ट्राभल्स एन्ड टुर्स प्रालि सम्मानित भएको छ भने हाइएस्ट एन्सिलरी रेभिन्यु कन्ट्रीब्यूटर अवार्डबाट जिओलोजी ट्राभल्स एन्ड टुर्स प्रालि सम्मानित भएको छ । त्यसैगरी, राइजिङ्ग स्टार अन्तर्गत कम्पनीले मार्वलस ट्राभल्स एन्ड टुर्स प्रालिलाई सम्मान गरेको छ ।

सोही अवसरमा सलाम एयर लाईन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंमा सन्चालित मानसिक सन्तुलन गुमाएका सडक बालबालिका तथा नागरिकहरुको लागि काम गरिरहेको संस्था नेपाल स्नेही काख नेपाललाई खाध्य सामाग्री तथा लत्ता कपडा बितरण पनि गरेकाे थियाे ।

सन् २०१८ देखि नियमित उडान गरिरहेको सलामले हाल विभिन्न ३५ वटा गन्तब्यमा नियमित तथा केही अन्य गन्तब्यहरुमा सिजनल सेवा पुयाउँदै आएको छ । कम्पनीले नेपालमा छिट्टै दैनिक उडान भर्ने जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.