नबिल बैंकले डाक्यो साधारण सभा, मुख्य एजेण्डा लाभांश र मर्जर प्रस्ताव पारित गर्ने

  २०७९ पुष ६ गते ७:५४     विकासन्युज

काठमाडौं । नबिल बैंकले आफ्नो ३८ औं वार्षिक साधारण सभा बोलाको छ । बैंकको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते सिल्भर व्याङ्क्वेट ग्रैहीधारा काठमाडौंमा बहान ११ बजे वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो ।

बैंकको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तको वित्तीय विवरण र आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु स्वीकृत गर्नेछ ।

बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग, नेपाल बङ्गलादेश क्यापिटल, एनबिबिएल सेक्युरिटिजको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्नेछ ।

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कायम चूक्ता पूँजीको ११.५० प्रतिशत दरले हुन आउने २ अर्ब ६२ करोड ५७ लाख ८४ हजार ४९२.६८ रुपैयाँ बराबरको नगद लाभांश वितरण स्वीकृत गर्नेछ ।

आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ । संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा ३ जनाको निर्वाचन गर्ने र बैंकको अधिकृत पूँजी वृद्धि गरी २८ अर्ब रुपैयाँ पुर्याइनेछ ।

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १८.५० प्रतिश अर्थात् ४ अर्ब २२ करोड ४० लाख ८८ हजार ९६.९२ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । (प्रत्येक १०० सेयर बराबर १८.५० बोनस सेयर जारी गरी बैंकको जारी तथा चुक्ता पूँजी वृद्धि गरी २७ अर्ब ५ करोड ६९ लाख ९६ हजार ७२९.२६ पुयाईनेछ ।

बैंकको प्रबन्धपत्रको दफा ५(१), ५(२) र ५(३) तथा नियमावलीको नियम ३१ (२), ३१(३) र ३१ (४) को संशोधन स्वीकृत गर्ने तथा प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट फेरबदलको सुझाव प्राप्त भएमा आवश्यक परिमार्जन, संशोधन तथा समायोजन गर्न सञ्चालक समिति (समितिले तोकेको व्यक्ति) लाई अख्तियारी दिनेछ ।

आर्थिक वर्ष २०७८/७९ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च कम्पनी ऐन, २०६३ को दफा १०५ (१) (ग) को प्रयोजनका लागि अनुमोदन गर्नेछ ।

नबिल बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्न/गाभिन (मर्जर गर्न वा प्राप्ति (एक्विजिसन) गर्न) तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्यांनका लागि मूल्याङ्गनकर्ता नियुक्त गर्ने, गाभ्ने र गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्झौता गर्न, वैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागी भइ लाभांश प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.