हिमालयन बैंकको १९.११ प्रतिशत लाभांश घोषणा, बोनस भन्दा नगद बढी

  २०७९ पुष ५ गते १०:३२     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १९.११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद गरी कूल १९.११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.