पेट्रोलसँगै डिजेल र मट्टितेलको मूल्य घट्यो, आजैदेखि लागू हुने

  २०७९ पुष १ गते २०:५२     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले पुस १ गते एक सूचना जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाएको हो ।

यससँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १७८ रूपैयाँ र डिजेल तथा मटितेलको मूल्य १७५ रूपैयाँ पर्नेछ । जुन पुस १ गते राती १२ बजेदेखि नै लागू हुने निगमले जनाएको छ ।

यता खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएसँगै निगमले इन्धनको मूल्य घटाएको हो । आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै आईओसीले मूल्य घटाएर पठाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.