द ब्रिटिस कलेजको दोस्रो दीक्षान्त सम्पन्न

  २०७९ मंसिर २९ गते १७:५७     विकासन्युज

काठमाडौं । द ब्रिटिस कलेजको ‘दोस्रो दीक्षान्त सामारोह २०२२’ सम्पन्न भएको छ । यस वर्ष आयोजित दोस्रो दीक्षान्त कार्यक्रममा लिड्स बेकेक्ट युनिभर्सिटीबाट उत्तिर्ण एमएससी आइटीका विद्यार्थीहरु र द युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्याण्डबाट उत्तिर्ण विद्यार्थीहरु दीक्षित भएका हुन् ।

सोल्टी होटेलमा आयोजना गरिएको दीक्षान्त समारोह द ब्रिटिस कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कँडेलले पानसमा दियो बालेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा औद्यागिक सल्लाहकार बोर्डका सदस्यहरु विरेन्द्र राज पाण्डे र प्रचण्डमान श्रेष्ठ उपस्थित रहेका थिए । ब्रिटिस कलेजकी प्रिन्सिपल मेरी विसप र कलेज अफ विजनेश एण्ड लकी इन्टरनेशनल पार्टनरसिप प्रमुख प्याट्रिसिया भोइडेनले भिडियो सन्देश पठाएका थिए ।

त्यस्तै, बिबिएबाट दीक्षित भएका निरज प्रताप शाह, एमएसई आइटीबाट दीक्षित भएका तरुण खत्रीले आफ्नो मन्तव्य राखेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.