कृषि विकास बैंकले उद्योग बिक्री गरेर ३ करोड रकम असुल्दै

  २०७९ मंसिर २८ गते ८:३२     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले ऋण चुक्ता नगर्ने सूर्या आयुर्वेद उद्योगको धितो लिलाम गर्ने भएको छ । बैंकले कम्पनीले धितोमा राखेको चल अचल सम्पत्ति बिक्री गरेर रकम असुल गर्ने भएको हो । बैंकले बैंकको नाममा रहेको ३ करोड रुपैयाँ बराबरको घरजग्गा र गाडी बिक्री गर्ने जनाएको छ ।

बैंकले सञ्चालक सुनिता पण्डित रहेको सूर्या आयुर्वेद प्रालिले उद्योग कर्जा र अटो कर्जा वापतको ३ करोड भन्दा बढी कर्जा प्रदान गरेको थियो । तर, विभिन्न कारणले सञ्चालन गर्न नसक्दा कम्पनी नै बन्द गर्नु परेको कम्पनीले जनाएको छ ।

बैंकले सूर्या आयुर्वेदको नाममा रहेको नवलपरासी कुडियामा रहेको कित्ता नम्बर ६६०, ६१५ र ६१७ को क्रमशः ०–१–०, ०–२–८–५ र ०–२–११.५ क्षेत्रफल भएको जग्गा र उक्त जग्गा बिक्री गर्ने भएको हो । साथै सोही जग्गामा बनेको २६७६.७७ वर्गफिट भएको ३ तले भवन तथा १५१८५.५१ क्षेफल भएको फ्रेम स्ट्रक्चर तयार भएको २ तले भवन बिक्री गर्ने भएको हो । उक्त घरजग्गाको न्यूनतम मूल्य २ करोड ७९ लाख २६ हजार रुपैयाँ रहेको छ ।

यस्तै, बैंकले रेनोल्ट इण्डिया बा २१ च १८२७ नम्बरको डिजृल गाडी पनि बिक्री गर्ने जनाएको छ ।

बैंकले साँवा, व्याज, हर्जाना तथा अन्य लेना रकम बुझाउन पटक पटक मौखिक तथा लिखित ताकेता समेत कुनै चासो नदेखाई बेवास्ता गरेकाले धितो बिक्री गर्ने जनाएको छ । अबको ३५ दिनभित्र कर्जा चुक्ता नगरेमा कर्जा ग्राहक, धितो सुरक्षण मन्जुरी दिने, जमानत दिने व्यक्ति, संस्थालाई कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिने बैंकले जनाएको छ ।

साथै बैंकलाई लेखिदिएको धितो लिलाम बिक्री गरिने हुँदा खरिद गर्न ईच्छुक व्यक्ति र संस्थाले आवेदन दिनुपर्नेछ । यदि धितो लिलाम बिक्री हुन नसकेमा धितो सुरक्षणमा रहेको चल अचल सम्पत्ति बैंक आफैले सकार गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.