नेपाल एसबीआई बैंकको अध्यक्षमा जयती बन्सल

  २०७९ मंसिर २७ गते १२:३७     विकासन्युज

काठमाडौं । नेपाल एसबीआई बैंकको अध्यक्षमा जयती बन्सल नियुक्त भएकी छिन् । मंसिर २६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सञ्चालक बन्सललाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो ।

बैंकको संस्थापक सेयरधनी स्टेट बैंक अफ इण्डिया (एस.बी.आई.) ले बन्सललाई मनोनित गराएर पठाएको हो । यसअघि उक्त पदमा सोही बैंकको तर्फबाट राजिब अरोराले प्रतिनिधित्व गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.