प्रतितोला दुई सयले घट्यो सुनको मूल्य

  २०७९ मंसिर २७ गते ११:१२     विकासन्युज

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन चाँदीको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २०० रुपैयाँले घटेको हो ।

आज घटेको मूल्य अनुसार छापावाल सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ । चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार ३९० कायम रहेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.