पुल्चोक क्याम्पसले घर भाडामा दिने

  २०७९ मंसिर २६ गते ७:५१     विकासन्युज

काठमाडौं । पुल्चोक क्याम्पसले घर भाडामा दिने भएको छ । पुल्चोक क्याम्पसको हातामा निर्माण गरिएको घर भाडामा दिने त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पस इन्जिनियरिङ अध्ययन संस्थानले जानकारी दिएको हो ।

व्यापारिक दृष्टिकोणले अति उपयुक्त पुल्चोक र पाटनढोका जाने सडकको मोडमा रहेको करिव १२०७७.५४ हजार वर्गफिट क्षेत्रफल भएको घर भाडामा दिने भएको हो । २०/३० वटासम्म सवारी साधन पार्क गर्न सकिने ९७५० वर्गफिट क्षेत्रफलको पार्किङ एरिया समेत रहेको छ ।

दुई तल्ले रहेको घर आधुनिक प्रविधिद्वारा निर्मित सुविधा सम्पन्न रहेको जनाएको छ । घर भाडामा लिन चाहने बैंक, वित्तीय कम्पनी, कमर्सियल कम्प्लेक्स, सोरुम, मार्ट, कार्यालय तथा सार्वजनिक संस्थाहरूले मंसिर १४ गतेदेखि पुस १३ गतेभित्र बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलपत्र फाराम क्याम्पसवाट सिद्धार्थ बैंकको पाटनढोकामा रहेको क्याम्पसको चल्ती खाता ५ हजार रुपैयाँ (फिर्ता नहुने) जम्मा गरी भौचर साथ निवेदन पेस गर्नुपर्नेछ । बोलपत्र फाराममा १ लाख ७८ हजार रुपैयाँ धरौटी रकम राख्नुपर्नेछ ।

प्राप्त भएका बोलपत्रहरू पुस १३ गते ३ बजे खोलिनेछ । आवश्यक एवम् मनासिव देखिएमा भवनको तल्ला छुट्टाएर पनि भाडामा दिन सकिने जनाएको छ । भवनको तल्ला छुट्टयाएर भाडामा दिँदा कबोल दररेट प्रति वर्गफिटले जति हुन्छ सोही बमोजिम दिइने क्याम्पसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.