नियमविपरीत असुलेको ३० करोड फिर्ता गर्न लघुवित्तलाई राष्ट बैंकको निर्देशन

  २०७९ मंसिर २३ गते ८:४९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियम विपरीत असुल गरेको रकम फिर्ता गर्न लघुवित्त वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । लघुवित्त वित्तीय संस्थाहरुले नियमविपरीत असुलेको करिब ३० करोड रुपैयाँ बराबर रकम फिर्ता गर्नुपर्ने भएको हो ।

लघुवित्त वित्तीय संस्थाहरु गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक साधारणसभा अनुमतिका लागि राष्ट्र बैंक पुगेका छन् । तर, नियम विपरीत असुल गरेको रकम फिर्ता नगरेसम्म राष्ट्र बैंकले अनुमति दिएको छैन । सेवाग्राहीबाट नियमविपरीत असुलेको सेवा शुल्क फिर्ता गरेपछि मात्रै राष्ट्र बैंकले साधारण सभाको लागि अनुमति पाउने भएका हुन् ।

राष्ट्र बैंकले गत कात्तिकमा लघुवित्त संस्थाहरूलाई नियमविपरीत सेवाग्राहीबाट असुलेको सेवा शुल्कबापतको रकम फिर्ता गर्न निर्देशन दिएको थियो । नियम अनसार तोकिएको सेवा शुल्क भन्दा बढी लिएको भए विवरण पठाउन राष्ट्र बैंकले निर्देशन दिएको थियो । राष्ट्र बैंक स्रोतका अनुसार साधारणसभाको अनुमति माग्दै राष्ट्र बैंकमा पेश गरेका आवेदनहरूमा सबै लघुवित्तले नियमविपरीत शुल्क असुल गरेको भेटिएको छ । हालसम्म २ दर्जन लघुवित्त वित्तीय संस्थाहरुले साधारण सभाको लागि आवेदन दिएका छन् । आवेदन दिएका लघुवित्त संस्थाहरूले मात्र करिब २० करोड र बाँकी संस्थाहरुको जोड्दा ३० करोड रुपैयाँ बराबरको रकम फिर्ता गर्नुपर्ने देखिएको स्रोतले बताएको छ । नियमविपरीत असुलेको सेवा शुल्क एक महिनाभित्र फिर्ता गर्ने शर्तसहित साधारण सभाकाका लागि अनुमति दिने राष्ट्र बैंक स्रोतले बताएको छ ।

लघुवित्त संस्थाहरुले राष्ट्र बैंकले तोकेको सीमा भन्दा बढी सेवा शुल्क लिन पाउँदैनन् । केही लघुवित्त संस्थाहरुले एक वर्षे कर्जामा पनि २÷३ पटकसम्म नवीकरण गर्न लगाएको, बढी ब्याजदर असुलेको पाइएपछि फिर्ता गर्न भनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.