सिटी एक्सप्रेसको दशैं तिहार योजनाको बिजेतालाई दियो ७ तोला सुन र १० तोला चाँदी

  २०७९ मंसिर २१ गते १५:२१     विकासन्युज

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले  ‘बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो’ योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेका छ ।

‘बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो’ योजना अन्तर्गत मेगा बम्पर उपहार साउदी अरबबाट रेमिटान्स पठाउने जिवन रायमाझीलाई ‘५ तोला सुन’, यु के बाट रेमिटान्स पठाउने नुना गुरुङलाई १ तोला सुन , कोरिया बाट रेमिटान्स पठाउने रीना कुमारी तामाङलाई १ तोला सुन , मलेशिया बाट रेमिटान्स पठाउने पुरण रोकालाई १० तोला चांदी , जापान बाट रेमिटान्स पठाउने रबिन्द्र मानन्धरलाई १० तोला चांदी , कुवेत बाट रेमिटान्स पठाउने सुनिता दराईलाई १० तोला चांदी हस्तान्तरण गरिएको छ ।

उक्त कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका साझेदार साउदी स्थित टेलिमनी बैंकका प्रमुख खालेद अल ब्राहिम , नेपाली चर्चीत नायिका पूजा शर्मा, नेपाल इन्भेस्ट्मेन्ट बैंकका उपमहाप्रबन्धक बिजेन्द्र सुवालको उपस्थिती रहेको थियो ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते समस्त नेपालीहरुको महान चाड २०७९ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६३ दिन सम्म चल्ने ‘बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो’ उपहार योजना घोषणा गरेको थियो ।

सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाज्ञशाली मेगा बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने योजनामा रहेको थियो । जसअन्तर्गत १००८ जनाले दैनिक उपहार (आकर्षक गिफ्ट ह्याम्पर) , ९ जनाले साप्ताहिक उपहार (१०/१० तोला चाँंदी ) र २ जनाले मासिक उपहार (१/ १ तोला सुन ) जित्न सफल भएका छन् । उक्त योजना भदौ १५ देखी कार्तिक १५ गते सम्म चलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.