आजदेखि विद्युतीय गाडीको एक्स्पो, ५ सयभन्दा बढी ब्राण्ड एकै ठाउँमा

  २०७९ मंसिर १६ गते ९:३९     विकासन्युज

काठमाडौं । शुक्रबार अर्थात आजदेखि काठमाडौंको भृकुटिमण्डपमा विद्युतीय गाडीको एक्स्पो सुरुहुने भएको छ । एसडी एक्स्पो मिडियाको आयोजनमा आजदेखि सुरु भएको एक्स्पो तीनदिन सम्म सञ्चालन हुनेछ ।

नेपालमा विद्धुतिय गाडीको क्षेत्रलाई प्रोत्साहन गर्दै अहिलेको अवस्थामा प्रभावकारी ढङ्गले व्यापार सञ्चालनमा टेवा पुर्याउनु एक्स्पोको पहिलो उद्देश्य रहेको आयोजकले जनाएको छ ।

आयोजकको अनुसार एक्सपोमा १५० भन्दा बढि प्रतिष्ठित कम्पनीहरू तथा ५०० भन्दा बढि ब्रान्ड राखिनेछ । एक्स्पोमा विशेष गरी विद्युतिय कार, विद्युतिय स्कुटर र मोटरसाइकल र साइकल, विद्युतिय बस, विद्युतिय ट्रयाक्टर, विद्युतिय कार्गो लोडर , रिक्सा तथा विद्युतिय चार्जिङ स्टेसन , ब्याट्री तथा अन्य विद्धुतिय सामाग्रीहरू राखिने बताइएको छ ।

पछिल्ला दशकहरूमा विद्धुतिय गाडीको लोकप्रियता बढ्दो क्रममा रहेको छ भने सरकारले विद्युतीय गाडी सञ्चालनलाई उच्च प्राथमिकतामा राख्दै आएको छ ।

एक्सपोको सह आयोजकको रुपमा इन्डियन इक्जिबिसन सर्भिसेस रहेको छ । एक्स्पोलाई अटो नेपाल, पावर टल्क, कार रिप, नेपाल अटो ट्रेडर डट कम र इभि ड्राइभ द फिउचरले सहकार्य गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.