फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पौडेल नियुक्त, चौधरीले दिइन् राजिनामा

  २०७९ मंसिर १५ गते १२:११     विकासन्युज

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा केशवराज पौडेल नियुक्त भएका छन् । मंसिर १४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सञ्चालक पौडेललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि संस्थाको अध्यक्ष पदमा भगवती चौधरी थिइन् । उनले राजिनामा दिएसँगै रिक्त भएको उक्त पदमा पौडेललाई नियुक्त गर्ने सर्वसम्मत निर्णय भएको हो । पोडेलले एभरेष्ट बैंकबाट संस्थाको सञ्चालक पदमा प्रतिनिधित्व गर्दै आएका छन् ।

यससँगै नवनियुक्त अध्यक्ष पौडेलले मंसिर १४ गतेदेखि नै उक्त पदको जिम्मेवारी सम्हालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.