एनआईबिएल एस क्यापिटल र एच मेडिकल एन्ड डायग्नोस्टिक्सबीच लगानी सम्झौता

  २०७९ मंसिर १२ गते १२:०९     विकासन्युज

काठमाडौं । एनआईबिएल एस क्यापिटल र एच मेडिकल एन्ड डायग्नोस्टिक्स प्राइभेटकाबीच लगानी सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा एनआईबिएल एस क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे र एचडिएमएलको तर्फबाट अध्यक्ष अभिषेक दुगडले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार क्यापिटलले एचडिएमएलमा केही न्युनतम हिस्सेदारी पनि प्राप्त गर्नेछ ।

एचडिएमले टाटा मेडिकल एण्ड डायग्नोस्टिक्ससँगको सहकार्यमा मेडिकल लगायत निदानकारी उत्पादनहरूको विकास, उत्पादन र बजारीकरण गर्दछ । टाटा मेडिकल एण्ड डायग्नोस्टिक्स भारतको सबैभन्दा ठूलो समूह, टाटा समूहको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो ।

कम्पनीले टाटा मेडिकल एण्ड डायग्नोस्टिक्स भारतसँगको सहकार्यमा, नेपालभर सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने प्रमुख उद्देश्यका साथ नेपालमा नै डायग्नोस्टिक र रिएजेन्ट उपकरण उत्पादन गर्न पूर्ण विकसित उत्पादन इकाईहरू स्थापना र सञ्चालन गर्ने योजना बनाएको छ ।

साथै, देशभर उच्च प्रविधियुक्त डायग्नोस्टिक सेन्टरहरू स्थापना गर्ने र विभिन्न उत्पादनहरू लाई बजारमा ल्याउने योजना कम्पनीको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.