आरएमडीसी लघुवित्तबाट ज्योतीचन्द्र ओझाले दिए राजीनामा

  २०७९ मंसिर ६ गते १७:२०     विकासन्युज

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्योतीचन्द्र ओझाले राजीनामा दिएका छन् । संस्थाले ओझाको राजिनामा मंसिर ७ गतेदेखि लागु हुने गरी स्वीकृत गरेको छ ।

ओझाले २०७१ साल असाेज १ गते देखी प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी सम्हालेका थिए । राजिनामा दिँदै ओझाले आरएमडीसीसँगको आफ्नो आवद्धता एउटा सुखद अनुभूतीको रुपमा जीवनभर रहने बताएका छन् ।

‘आरएमडीसी मार्फत नेपालको गरीबी निवारण, रोजगारी श्रृजना ,महिला शसक्तीकरणका क्षेत्रमा क्रियाशिल रही धेरै कुराहरु सिक्ने अवसर पाएँ, देश विदेशका धेरै संस्था र व्यक्तीहरुसँग साक्षत्कार हुने अवसर पाएँ, आरएमडीसीसँगको मेरो आवद्घता एउटा सुखद अनुभूतीको रुपमा जीवनभर रहनेछ,’ उनले भने ।

लघुवित्तले मंसिर ७ गतेदेखि लागु हुने गरी कम्पनीको कायम मुकायम अधिकृतमा पृथ बहादुर थापालाई नियुक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.