कुमारी बैंक र एनसीसी बैंकको डीडीए रिपोर्टमा स्वाप रेसियो कति आयो ?

  २०७९ मंसिर ६ गते १३:०७     विकासन्युज

काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श लिमिटेड (एनसीसी) बैंकको स्वाप रेसियो सार्वजनिक गरेको छ । कुमारी बैंक र एनसीसी बैंक समान हैसियत अर्थात् १ः१ अनुपातमा मर्ज हुने गरी स्वाप रेसियो निर्धारण गरिएको हो ।

यद्यपी कुमारी बैंक र एनसीसी बैंकले तयार गरेको डियू डेलिजेन्स (डीडीए) रिपोर्टमा १००ः९६.५९ को स्वाप रेसियो आएको थियो । डीडीए रिपोर्टमा कुमारी बैंकको १०० आउँदा एनसीसी बैंकको ९६.५९ स्वाप रेसियो आएको थियो ।

मर्जरमा जाने निर्णय गरेका दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन र अन्य विविध पक्षको विश्लेषणका आधारमा डीडीए रिपोर्ट तयार पारिएको हो । डीडीए रिपोर्टमा फरक स्वाप रेसियो आएको भएपनि समान हैसियतमा मर्ज हुने सहमति भएको छ । अर्थात् कुमारी बैंकमा एक सय कित्ता सेयर हुनेले मर्जरपछि पनि एक सय कित्ता नै सेयर पाउने छन् ।

बैंकको डीडीए रिपोर्ट सञ्चालक समितिले पारित गरिसकेको एनसीसी बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले जानकारी दिए । सञ्चालक समितिले गरेको उक्त निर्णय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई समेत जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.