मतदान गर्न लाइनमा बसेका बृद्धको मृत्यु

  २०७९ मंसिर ४ गते १०:५१     विकासन्युज

फाइल फाेटाे

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदान गर्न लाइनमा बसेका एक जना बृद्धको मृत्यु भएको छ ।

तेह्रथुमको लालीगुराँस नगरपालिका–८ स्थित रत्‍न मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बुको मतदान गर्न लाइनमा बस्दा मृत्यु भएको हो ।

मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलका अनुसार लिम्बुको शव आफन्तलाई बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.