कलंकीमा खुल्यो यात्रु प्रतिक्षालय, इन्टरनेटदेखि नि:शुल्क खानेपानीको सुविधा लिँदै बस कुर्न सकिने

  २०७९ कार्तिक २५ गते १६:२६     विकासन्युज

काठमाडाैं । नेपालमा अनलाइन मार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवाले कलंकीस्थित ढुंङ्गे अड्डामा अत्याधुनिक किसिमको यात्रु प्रतिक्षालय सञ्चालनमा ल्याएको छ ।

हवाइ यात्रुलाई प्यासेञ्जर लाउञ्जको सुविधा भएपनि सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई लक्षित गरी नेपालमै पहिलो पटक यस किसिमिको प्रतिक्षालय निर्माण गरिएको हो । यात्रुहरुलाई आफु जाने बस कुर्न कुनै किसिमको झन्झट नहोस् भन्ने उदेश्यले बससेवाले लाउञ्ज प्रतिक्षालय ल्याइएकाे कम्पनीले जनाएकाे छ ।

प्रतिक्षालयको शुक्रबार चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले उद्घाटन गरे ।

प्रतिक्षालयमा यात्रुहरूलाई वाइफाइ, नि: शुल्क खानेपानी र चिया तथा कफि खाने व्यवस्था मिलाइएको छ । प्रतिक्षालयको बससेवाबाट टिकट काटेका यात्रु मात्रै नभएर अन्य सबै यात्रु ले समेत प्रयोग गर्न सक्नेछन् । प्रतिक्षालय सञ्चालनमा आएसँगै यात्रुहरु सडक किनारामा आफ्ना झोला राखेर धुलो खाँदै बस कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

प्रतिक्षालयको उद्घाटन गर्दै चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले नेपालमै पहिलो पटक निर्माण गरिएको यस किसिमको लाउञ्जले यात्रुहरुलाई धेरै सहज हुने बताए ।  ‘सार्वजनिक यातायातमा हिड्ने यात्रुलाई लक्षित् गरि बनाएको यस किसिमको लाउञ्ज मैले नेपालमा देखेको थिइन, बससेवाले जुन सुविधा दिएको छ यसले यात्रु र यातायात व्यवसायीलाई धेरै सहज बनाउनेछ, देशका अन्य भागमा पनि यस किसमका लाउञ्ज भएमा यातायात व्यवसाय नै थप व्यवस्जिथत् बन्दै जानेछ, चन्द्रागिरीका अन्य क्षेत्रमा समेत यसको विस्तार गर्नका लागि नगरपालिकाले समेत सहयोग गर्नेछ,’ उनले भने ।

यस्तै ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरिक्षक (एसपी) अवदेश विष्ट क्षेत्रीले यस किसिमको लाउञ्जले यात्रुलाई सहज बनाउनेमात्र नभएर सडक सुरक्षामा समेत ठुलो भूमिका हुने बताए ।

यसैगरी चन्द्रागिरी नगरपालिका वडा नं. १५ का वडाध्यक्ष घनश्याम लुईँटेलले यात्रुलाई सहज हुने किसिमका लाउञ्ज निर्माण, सञ्चालन र विस्तारका लागि वडा कार्यलय सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।

यस्तै, बससेवा डटकमका सीइओ पिआर खनालले एकातिर सामानको सुरक्षा नहुने, धुलोले शरीरमा असर पार्ने, लामो समय गाडी कुर्नुपर्दाको झञ्झटलाई मध्यनजर गर्दै लाउन्जकाे व्यवस्था गरेकाे बताए ।

बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.