चलचित्र कबड्डी ४ सिनेमा घर एप्लिकेशनबाट हेर्न मिल्ने

  २०७९ कार्तिक २४ गते १८:२९     विकासन्युज

काठमाडौं । नेपाली चलचित्र कबड्डी ४ सिनेमा घर एप्लिकेशनबाट हेर्न मिल्ने भएको छ । बिहीबार सिनेमा घर एपका सञ्चलकहरु र कबड्डी ४ का निर्माताहरुले अनलाइन प्लेटफर्मबाट चलचित्र प्रदर्शन गर्ने बताएका हुन् ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभिनेता एवं सिनेमा घर एपका सञ्चलक खगेन्द्र लामिछानेले नेपाली सिनेमाको प्रोत्साहन र विकासका लागि अनलाइन प्लेटफर्म अनिवार्य भएको बताए । ‘एप्लिकेशनमा पैसा तिरेर फिल्म हेर्ने बानी नेपालमा बिस्तारै विकास भइसकोको छ, सिनेमा घर एपमा जय भोले र रातो टिका निधारमा लगायतका चलचित्रहरु राखिसकेको छ, चलचित्रहरुले युट्युबमा कमाउने भन्दा राम्रो पैसा कमाएका छन्, नेपालीहरुमा पैसा तिरेर फिल्म हेर्ने बानी बसाल्न पनि एप्लिकेशनबाट सहयोग पुगेको छ,’ उनले भने ।

अभिनेता लामिछानेले नेपाली सिनेमाको लागि डिजिटिल मार्केटबाट अबको ४ वर्षपछि नेपाली सिनेमा निर्माण हुने रकमको लगभग ५० प्रतिशत संकलन गर्नसकिने बताए ।

सिनेमा घर एपमा चलचित्र कबड्डी ४ भोलि (शुक्रबार) बाट चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.