सुदिप आचार्य दक्षिण एसियाका उत्कृष्ट १० बिजनेश लिडरको सूचीमा, यस्तो छ उनको कथा

  २०७९ कार्तिक २२ गते १९:२१     विकासन्युज

काठमाडौं । डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य दक्षिण एसियाको उत्कृष्ट १० बिजनेस लिडरको सूचीमा परेका छन् । ‘सीईओ इनसाइट्स एसिया’ले देशको कर्पोरेट क्षेत्रलाई भविष्यको नयाँ आयाममा लैजानसक्ने दक्षिण एसियाका उच्चस्तरका बिजनेस लिडरलाई उत्कृष्ट सूचीमा राखेको हो । जसमा आचार्य पनि परेका छन् ।

नेपालको एकमात्र डीटीएच सेवा प्रदायक डिशहोमले आचार्यको नेतृत्वमा १० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । कामना सेवा विकास बैंकका अध्यक्ष समेत रहेका उनी धेरै कम्पनीमा प्रवद्र्धकका रुपमा पनि काम गर्दै आएका छन् ।

उनी मल्टिपल इनिर्जी प्रालिकf सञ्चालक पनि हुन् । सुदीप आचार्य पोखरामा जन्मिएका एक सफल व्यवसायीका रुपमा परिचित छन् । बुढानिलकण्ठ स्कुलमा पढेका उनले अमेरिकाबाट इन्डस्ट्रियल इन्जिनियरिङ ब्याच्लर डिग्री गरेका छन् ।

सुरुमा ‘त्रोतिया’ ब्राण्डमा रोटी प्याकेजिङ उद्योग खोलर व्यवसायिक यात्रा सुरु गरेका आचार्य अहिले देशको सफल व्यवसायीको अग्रणी स्थानमा पर्छन् ।

आचार्यको बारेमा बुझ्न तलको यो सामाचार पढ्नुस् । 

यी हुन् उत्कृट १० लिडर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.