नेपाल बैंकका ग्राहकलाई दराजमा सपिङ गर्दा ३ हजारसम्मको छुट

  २०७९ कार्तिक १८ गते ११:३५     विकासन्युज

काठमाडौं । नेपाल बैंक र अनलाइन सपिङ् पोर्टल दराज केयमुबीच सम्झाैता भएकाे छ । बैंक र दराजबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई बैंकको ८६ औं वार्षिकोत्सको अवसरमा दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको हाे ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कँडेल र दराजको तर्फबाट पेमेन्ट तथा पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् ।

यो योजना कात्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म लागू हुने बैंकले जानकारी दिएकाे छ ।

सम्झौता अनुसार नेपाल बैंकमा खाता रहेका ग्राहकले दराजकाे ११.११ अभियानको अवधिमा अनलाइन सामान गरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा २५ सयसम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा ३ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नुपर्नेछ ।

नेपालभर २२१ शाखाहरु, १९८ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.