अनुमति नलिई टिकट बिक्री गरेको भन्दै प्राधिकरणले सोध्यो निगमलाई स्पष्टिकरण

  २०७९ कार्तिक १४ गते १४:२४     विकासन्युज

काठमाडौं । अनुमति नलिई यात्रुहरुलाई टिकट बिक्री गरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायु सेवा निगमलाई स्पष्टिकरण सोधेको छ । कार्तिक १३ गते आइतबार निगमले दिल्ली उडानका लागि प्राधिकरणसँग अनुमति नलिई यात्रुहरुलाई टिकट बिक्री गरेर अलपत्र पारिएको भन्दै गम्भिर ध्यानआकर्षण भएको जनाउँदै २४ घण्टे स्पष्टिकरण सोधिएको जनाएको छ ।

प्राधिकरणले आइतबारबाट जाडो मौसमका लागि नयाँ उडान तालिकामा निगमको सम्बन्धित जहाजको उडान नभएको भन्दै समयमा नै यात्रुहरुलाई खबर वैकल्पिक व्यवस्था गर्नुपर्नेमा गैर कानूनी ढंगले बोर्डिङ पास वितरण गरिएको जनाएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले उडानको अनुमति प्राप्त नगरेको जहाजको टिकट बिक्री वितरण नगर्न सबै बायुसेवा कम्पनीलाई अनुरोध गरेको छ ।

हेर्नुहोस प्राधिकरणको विज्ञप्ति :

हिजो मिति २०७९।०७।१३ गते तद्नुसार 30 October 2022 का दिन नेपाल नागरिक उड्डयन प्राधिकरणवाट उडान स्वीकृति नलिएको नेपाल वायुसेवा निगमको काठमाडौंवाट दिल्ली उड्ने उडान नं.RA-217 का यात्रहरुलाई विमानस्थलमा बोलाई यात्रहरुलाई गन्तव्यमा नपऱ्याई अलपत्र पारेको घटना प्रति प्राधिकरणको गम्भिर ध्यानाकर्षण भएको छ । प्राधिकरणले 23 October 2022 मा नेपाल वायुसेवा निगमलाई अनुमति प्रदान गरिएको तथा 30 October 2022 वाट लागु हुने Winter Schedule 2022-2023 मा आइतबारको दिन Schedule Flight RA-217/218 को उडान नभए पनि सो उडानको यात्रुहरुलाई समयमै खबर गरेर वैकल्पिक व्यवस्था गर्नुपर्नेमा सो कार्य नगर्नुको कारण, उडान नभएको दिनमा यात्रुहरुलाई विमानस्थलमा बोलाएर गैर कानुनी तरिकाले बोडिङ्ग पास समेत उपलब्ध गराई गैर सैनिक हवाई उडान ऐन, २०१५ तथा नियमावली, २०७३ बमोजिम विमानस्थलको सुरक्षा व्यवस्थामा गम्भिर असर पारेको सन्दर्भमा सो वायुसेवा कम्पनीलाई मिति २०७९।०७१३ गते २४ घण्टे स्पष्टीकरण सोधिएको व्यहोरा जानकारी गराईन्छ । साथै शिकागो महासन्धी तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) को उडान सुरक्षा मापदण्ड र नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ तथा नागरिक उड्डयन नियमावली, २०५८ अनुसार नेपालको हवाई क्षेत्रमा उडान/अवतरणको लागि प्राधिकरणको अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था विपरित प्राधिकरणवाट उडान अनुमति प्राप्त नगरेको कुनै पनि उडानको टिकट बिक्री वितरण नगर्न/नगराउन तथा प्राधिकरणवाट उडान अनुमति प्राप्त गरेको उडान कार्यक्रम मात्र संचालन गर्न गराउन हुन सम्पूर्ण वायुसेवा कम्पनीलाई निर्देशन गर्दै अन्यथा प्रचलित कानुन बमोजिम कारवाही हुने व्यहोरा सहित विषयको गाम्भिर्यता तथा सत्यतथ्य नबुझि केही मिडिया तथा सामाजिक संजालमा अतिरञ्जित तरिकाले प्रकाशित समाचारमा कुनै सत्यता नभएको व्यहोरा सम्पूर्ण सञ्चारकर्मी, सरोकारवाला एंव सर्वसाधारणमा जानकारीको लागि अनुरोध गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.