ओम्नी ग्रुपको ‘ओम्नी प्राइभेट’ को आम्दानी वर्षेनी खस्किँदै, ३ अर्ब ६७ करोड ऋण लिने

  २०७९ कार्तिक १३ गते १२:१३     विकासन्युज

काठमाडौं । ओम्नी ग्रुप अन्तर्गतको ओम्नी प्राइभेट लिमिटेडको व्यापार नियमित खस्किँदै गएको छ । कम्पनीको चार वर्षको अवधिमा आम्दानी र व्यापार नियमित खस्किँदै गएको हो । कम्पनीले सन् २०२२ मा ३२ करोड ५० लाख रुपैयाँ (अपरिस्कृत) व्यापार गरेको छ ।

कम्पनीले सन् २०२१ मा ३३ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो भने २०२० मा ३७ करोड ५० लाख रुपैयाँ कारोबार गरेको थियो । यस कम्पनीको सन् २०२१ को तुलनामा २०२२ मा १.५१ प्रतिशतले घटेको छ भने सन् २०२० को तुलनामा १३.३३ प्रतिशतले व्यापार घटेकाे देखिएको छ ।

यस्तै, यस कम्पनीले २०१९ मा ४४ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । सो वर्षको तुलनामा सन् २०२२ मा व्यापार २६.८० प्रतिशतले घटेको हो ।

ओम्नी प्राइभेट  हायर पर्चेज कर्जा उपलब्ध गराउने कम्पनी हो । यो कम्पनी नेपाल राष्ट्र बैंकको नीति नियम भित्र रहेर काम गर्दै आएको छ । कम्पनीले भारतबेञ्ज ब्राण्डका सवारी साधनहरु बिक्री वितरण गर्दै आएको छ ।

यो सँगै कम्पनीले एपोलो टायर, स्वराज ट्याक्टर पनि बिक्री वितरण गर्दै आएको छ । कम्पनीको मुख्य कार्यालय विरगञ्जमा छ । कम्पनीमा तीन जनाको सेयर स्वामित्व छ जसमाा आत्मराम काब्राको ४५ प्रतिशत, नारायण काब्राको ४५ र सन्दिप कुमार महताको १० प्रतिशत सेयर रहेकाे छ ।

कम्पनीले ३ अर्ब ६७ करोड १० लाख रुपैयाँ ऋण सुविधाका लागि इक्रा नेपालमा रेटिङ गराएको छ । कम्पनीले एल डबल बीको रेटिङ पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.