नाफा वृद्धिमा कुमारी आक्रमक बन्दा एनआईसी एक नम्बर, सनराइज ओरालो लाग्यो, कुन बैंकको कति ?

  २०७९ कार्तिक ७ गते १३:४५     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा वाणिज्य बैंकहरुले आफ्नो वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । चालु आर्थिक वर्षको ३ महिनामा वाणिज्य बैंकहरुको खुद नाफा ६ प्रतिशत बढेको छ । तरलता असहज रहेको अवस्थामा बैंकहरुको नाफा नढ्ने अनुमान गरिएकोमा ३ महिनामा ६ प्रतिशत मात्रै बढाएका हुन् ।

२६ वटा वाणिज्य बैंकहरुको खुद नाफा ५.९३ प्रतिशत बढेर १८ अर्ब ७५ करोड ५६ लाख १५ हजार रुपैयाँ आर्जन गर्न सफल भएका हुन् । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले १७ अर्ब ७० करोड ५७ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

२६ वटा बैंकहरुमध्ये १२ वटा बैंकको खुद नाफा भने घटेको छ भने बाँकी १४ वटा बैंकको नाफा बढेको छ । तीन महिनाको अवधिमा एक अर्ब भन्दा बढी नाफा आर्जन गर्नेमा ६ वटा वाणिज्य बैंक रहेका छन् । अन्य सबै बैंकको नाफा करोड क्लबमा छ ।

जसमध्ये सबैभन्दा धेरै एनआईसी एशिया बैंकको नाफा बढेको छ । बैंकले यस अवधिमा १ अर्ब ७५ करोड ६७ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस्तै, दोस्रोमा नबिल बैंकले १ अर्ब ५७ करोड १५ लाख ३७ हजार रुपैयाँ, तेस्रोमा राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २४ करोड ६६ लाख ७८ हजार रुपैयाँ, चौंथोमा ग्लोबल आइएमई बैंकले १ अर्ब १८ करोड ९५ लाख ४५ हजार रुपैयाँ र पाँचौंमा नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब १४ करोड ५ लाख९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

यस्तै, कुमारी बैंकले १ अर्ब १४ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष एनएमबि बैंकले तीन महिनमा नै १ अर्ब नाफा कमाएकोमा यस वर्ष भने घटेर ९० करोड ४१ लाख ३४ हजार रुपैयाँ मात्रै आर्जन गरेको छ ।

यस अवधिमा सबैभन्दा कम नाफा सनराइज बैंकको रहेको छ । बैंकले १६ करोड ५८ लाख २७ हजार रुपैयाँ आर्जन गरेको छ । यस्तै, कृषि विकास बैंकले २२ करोड ९ लाख ५३ हजार रुपैयाँ, बैंक अफ काठमाण्डूले २८ करोड ६ लाख १५ हजार रुपैयाँ, सेञ्चुरी बैंकले ३१ करोड ८५ लाख १५ हजार रुपैयाँ, सिभिल बैंकले ४१ करोड ५० लाख ९१ हजार रुपैयाँ, माछापुच्छ्रे बैंकले ४५ करोड ११ लाख ८३ हजार रुपैयाँ, सिद्धार्थ बैंकले ४९ करोड ८२ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छन् ।

यस्तै, प्राइम कमर्सियल बैंकले ८७ करोड ४१ लाख ७० हजार रुपैयाँ, एभरेष्ट बैंकले ८६ करोड २२ लाख ३७ हजार रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ८१ करोड १३ लाख ९७ हजार रुपैयाँ, प्रभु बैंकले ७० करोड ५० लाख ६ हजार रुपैयाँ, नेपाल एसबिआई बैंकले ६२ करोड ७३ लाख ५७ हजार रुपैयाँ, नेपाल बैंकले ६० करोड ४० लाख ९८ हजार रुपैयाँ, सानिमा बैंकले ५४ करोड ८२ लाख २० हजार रुपैयाँ, हिमालयन बैंकले ५३ करोड २४ लाख ७५ हजार रुपैयाँ, एनसीसी बैंकले ५१ करोड ६८ लाख ३६ हजार रुपैयाँ, मेगा बैंकले ५० करोड ९१ लाख ६९ हजार रुपैयाँ, लक्ष्मी बैंकले ५० करोड ३४ लाख ७२ हजार रुपैयाँ र सिटिजन्स बैंकले ५० करोड १२ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

तीन महिनाको अवधिमा कुमारी बैंकल सबैभन्दा धेरै वृद्धि गरेको छ । बैंकले ८५ प्रतिशत नाफा वृद्धि गरेको हो । यस अवधिमा सनरइाज बैंकको नाफा भने झनै खस्किएको छ । सनराइज बैंकको नाफा भने ६१.४९ प्रतिशतले गिरावट आएको छ ।

(रकम हजारमा)

(रकम हजारमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.