सिद्धार्थ बैंकको नाफासँगै ईपीएस पनि घट्यो

  २०७९ कार्तिक ७ गते ११:१२     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४७.४८ प्रतिशत घटेको छ । बैंकले यस अवधिमा ४९ करोड ८२ लाख ५० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ९४ करोड ८७ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी २१.६२ प्रतिशत बढेर २ अर्ब १२ करोड रुपैयाँ आर्जन गरेको छ । यस्तै बैंकको सञ्चालन नाफा ४६.८६ प्रतिशत घटेर ७२ करोड ८ लाख रुपैयाँमा सिमित भएको छ ।

बैंकको वितरणयोग्य नाफा ३११.३९ प्रतिशत बढेर १ अर्ब २२ करोड ५१ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ घटेर १५ रुपैयाँ ६१ पैसामा सिमित भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ १५ पैसा छ ।

बैंकको चुक्ता पूँजी १४.२५ प्रतिशत बढेर १२ अर्ब ५२ लाख रुपैयाँ, जगेडा कोष ५.११ प्रतिशत बढेर ८ अर्ब ४३ करोड रुपैयाँ, निक्षेप संकलन ५.१४ प्रतिशत बढेर १ खर्ब ९२ अर्ब ९५ करोड रुपैयाँ र कर्जा ३.९० प्रतिशत बढेर १ खर्ब ७९ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.