होङ्सी शिवम सिमेन्टले गर्यो १७ अर्बको व्यापार, साढे ६ अर्ब ऋण लिँदै

  २०७९ कार्तिक ३ गते ११:०३     विकासन्युज

काठमाडौं । होङ्सी शिवम् सिमेन्टले एक वर्षमा १७ अर्ब ५ करोड ५० लाख रुपैयाँको व्यापार (अपरिष्कृत) गरेको छ । कम्पनीले सन् २०२२ मा सो व्यापार गरेको हो । कम्पनीको गत वर्षको तुलनामा भने व्यापार घटेको छ ।

गत वर्ष कम्पनीले १७ अर्ब ४५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको व्यापार ४२ करोड २० लाख रुपैयाँले घटेको छ ।

सन् २०२० मा १३ अर्ब ३७ करोड १० लाख र सन् २०१९ मा १३ अर्ब ४८ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले ६ अर्ब ५० करोड रुपैयाँ अल्पकालिन ऋणका लागि रेटिङ गराएको छ । जसले इक्रा नेपालबाट ए प्लस रेटिङ पाएको छ । यस उद्याेगमा दुई कम्पनीको लगानी छ । हङकङ रेड लियन सिमेन्टकाे ७० प्रतिशत र शिवम होल्डिङ प्राइभेट लिमिटेडको ३० प्रतिशत सेयर लगानी छ ।

पूर्वी नवलपरासीमा स्थापना भएको नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम सिमेन्टले २०७५ देखि व्यावसायिक उत्पादन थालेको हो । करीब ३६ अर्बको लगानीमा नवलपरासीको सर्दीमा सिमेन्ट उत्पादन सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.