साइकल र्याली र रक्तदान कार्यक्रम गरी सनराइज बैंकले मनायो १५ औं वार्षिकोत्सव

  २०७९ असोज १० गते ९:१७     विकासन्युज

काठमाडाैं । सनराइज बैंकले स्थापनाको १५औं वर्ष पूरा गरेको छ । बैंकले १५औं वार्षिकाेत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु गर्ने क्रममा साइकल ¥याली पनि सम्पन्न गरेको छ ।

‘स्वच्छ वातावरण स्वस्थ जिवन’ भन्ने नाराको साथ आयोजित उक्त कार्यक्रम गैरिधारा स्थित सनराइज बैंकको प्रधान कार्यालयबाट सुरु भई काठमाडौ र ललितपुरका विभिन्न टोल हुँदै पुन: प्रधान कार्यालयमै आएर समापन भएको थियो । उक्त र्यालीमा ३५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

यसैगरी, सनराइज बैंकले रक्तदान कार्यक्रम समेत गरेको छ । विभिन्न सामाजिक तथा अन्य कार्यक्रमहरु गरी आफ्नो १५ औं वार्षिक उत्सव मनाइरहेको यस बैकले ८ लाखभन्दा बढी ग्राहकहरुलाई १३९ वटा शाखा, ९७ वटा शाखा रहित बंैकिङ्ग, १३ वटा एक्सटेन्सन काउन्टर र १५९ वटा एटिएम वाट सेवा प्रधान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.