राष्ट्रिय वाणिज्य बैंकको पोइन्ट अफ सेल्स र क्युआर कारोबारमा क्यासब्याक अफर

  २०७९ असोज ९ गते १६:५९     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले चाडपर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पाइन्ट अफ सेल्सको माध्यमबाट काराेबार गर्दा क्यासब्याक अफर ल्याएकाे छ । बैंकले प्रति कारोबार १ हजार वा सो भन्दा बढीको कार्ड स्वाइप गर्दा क्यास ब्याक अफर ल्याएको हाे ।

यो योजना आगामी असोज १० गते देखि कात्तिक १३ गतेसम्म लागू हुने बैंकले जनाएकाे छ । देशभर विभिन्न व्यवसायहरुमा रहेको पिओएसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट बैंककै पिओएस मेसिन प्रयोग गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यासब्याक पाइनेछ ।

यस अन्तर्गत ३ देखी ५ पटकको कार्ड स्वाइपमा ५ प्रतिशत अधिकतम क्यासब्याक वा ५०० रुपैयाँ, ६ देखी १० पटकको कार्ड स्वाइपमा १० प्रतिशत वा ७५० रुपैयाँ, ११ देखी १५ पटकको कार्ड स्वाइपमा १५  प्रतिशत वा १ हजार रकम क्यासब्याक पाइनेछ ।

यसैगरी, असोज ७ देखि १४ गतेसम्म र २०७९ कार्तिक २ देखि ६ गतेसम्म राष्ट्रिय वाणिज्य बैंकको मोवाईल बैंकिङ्ग प्रयोग गरी क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा कुल कारोबार रकमको १० प्रतिशत वा १०० रुपैयाँ रकम क्यासब्याक पाइनेछ ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २६२ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.