वीर अस्पतालकाे फार्मेसीमा पनि लगाइयाे महानगरकाे डाेजर, पार्क बनाइने

  २०७९ असोज ६ गते १४:४३     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पतालको अगाडी भागमा रहेको फार्मेसीमा पनि डोजर लगाएको छ । पार्क बनाउँछु भनेर अनुमति लिएको स्थानमा फार्मेसी संचालन भएको पाएपछि महानगरले उक्त स्थान भत्काएको हो ।

अनधिकृत संरचना हटाउन आजसम्म समय दिए पनि नहटाइएकोले डोजर चलाउनुपरेको महानगरले जनाएको छ ।

वीर अस्पतालकै आग्रहमा डोजर चलाएको महानगरले बताएको छ । अब उक्त स्थानमा पार्क बनाउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.