अब बैंकको ब्याजदर घटाउँछु : अर्थमन्त्री शर्मा

  २०७९ असोज ५ गते १९:१६     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकको ब्याजदर घटाउनुपर्ने धारणा राखेका छन् ।बुधबार दोस्रो लिगलिग पालुङ्टार महोत्सव उद्घाटनको क्रममा पालुङटार पुगेको शर्माले यस्तो बताएका हुन् ।

अर्थमन्त्री शर्माले बैँकमा ब्याज पाउने उदेश्यले पैसा थुपारेर उत्पादन नहुने बताउँदै बैंकले दिने गरेको ब्याज घटाउन सरकार लागि परेको बताए । ‘नागरिकहरुलाई आत्मनिर्भर बनाउन सरकारले सक्दो प्रयास गर्नेछ,’ उनले भने ।

उनले सरकारले लिएको राम्रो आर्थिक नीतिका कारण अहिले नेपालका आर्थिक सुचाङकहरु सकरात्मक अवस्थामा पुगेको बताए । उनले केही तरलताको अभाव अझै कायम रहेको र यसमा सरकारले काम गरिरहेको पनि बताए ।

यस्तै उनले पालुङ्गटारलाई स्मार्ट सिटी बनाउने घोषणा गरेका छन् । उनले पालुङ्टारलाई सुचना प्रविधिमा अघि बढाइ स्मार्ट सिटि बनाउनुपर्ने भन्दै उनले संघिय सरकार र अर्थमन्त्रालयबाट यसको लागि सम्पूर्ण सहयोग हुने बताए । 

शर्माले एतिहासिक लिगलिगकोट र आधुनिक पालुङ्टारलाई जोडेर राजनैतिक इतिहास सहितको पर्यटन विकासलाइ अगाडि बढाउनुपर्ने बताएका छन् । ‘स्मार्ट सिटिमा गरिबी र अभाव भन्ने कुरा हुँदैन, पालुङ्गटारले त्यो समृद्दिको उचाइ पनि हाँसिल गर्नेछ,’ उनले भने ।

उनले देशमा एउटा पनि मल कारखाना नभएको र जापानिज कम्पनीले मल कारखाना खोल्न चासो राखेकाले भूगोल र विद्युत आपुर्तीका कारणले आफूले पालुङटारलाई सिफारिस गरेको उनले बताए ।

लिगलिग पालुङ्टार उद्योग वाणिज्य संघ गोरखाको आयोजनामा भैरहेको महोत्सव भदौ ११ गते सम्म चल्ने आयोजक सँस्थाका अध्यक्ष मान बहादुर आलेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.