अब इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा राख्न नपाइने

  २०७९ असोज ५ गते १६:१५     विकासन्युज

काठमाडाैं । अब इन्टरनेट सेवा प्रदायकले इन्टरनेट प्याकेजमा अन्य सेवाहरु जाेडेर सेवा दिन नपाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै इन्टरनेट प्याकेजमा टिभी लगायतकाे सेवा जाेड्नु कानुन विपरित भएकाे बताउँदै यस्ताे नगर्न आदेश दिएकाे छ ।

प्राधिकरणले अनुमतिपत्र प्राप्त दूरसञ्चार सेवा प्रदायकहरुले दूरसञ्चार सेवा प्रदान गर्दा प्रतिस्पर्धात्मक वातावरणमा बाधा पुग्ने गरी कुनै पनि कार्य गर्न नपाइने व्यवस्था रहेकाे सूचनामार्फत बताएकाे छ ।

प्राधिकरणले धेरै इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटसँगै आईपीटिभी. सेवा र ‌ओएनयु (अप्टिकल नेटवर्क युनिट) तथा राउटरहरुको प्याकेज बनाई केही सेवा नि:शुल्क समेत प्रदान गर्ने गरी बन्डलिङ गरी प्रचार प्रचार गरेको पाईएकाे बताउँदै यस्ताे नगर्न आग्रह गरेकाे छ ।

‘यसले गर्दा स्वच्छ बजार प्रतिस्पर्धामा गम्भीर असर पुग्न गएको र जसको कारणबाट क्रस सब्सिडी समेत हुने भएकोले विद्यमान कानूनी व्यवस्था विपरीत बन्डलिङ जस्ता गैरकानूनी कार्य नगर्नु/नगराउनुहुन सरोकारवाला तथा सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकलाई यसै सूचनाद्वारा जानकारी गराईन्छ,’ विज्ञप्तिमा भनिएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.