खल्तीका ग्राहकले फोनपेबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म क्यासब्याक पाउने

  २०७९ असोज ३ गते २१:०६     विकासन्युज

काठमाडौं । खल्ती डिजिटलका ग्राहकले खल्तीको मोबाईल एप्स्मार्फत पहिलोपटक फोनपको क्यूआरबाट भुक्तानी गर्दा दश प्रतिशतसम्म अथवा बढिमा सय रुपैयाँसम्म क्यासब्याक पाउने भएका छन् । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे र डिजिटल वालेट खल्तीका ग्राहकलाई यस किसिमको सुविधा प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता पत्रमा खल्तीका प्रयोगकर्ता विभागका प्रमुख अविनास गुप्ता र फोनपेका तर्फबाट बिजनेस डेभलपमेन्ट प्रमुख रुशान्त श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

नेपालीहरुको महान चाड दशैँमा किनमेल गर्न केही सुलभ होस् भन्ने उदेश्यले यो योजना ल्याइएको हो । यो योजना असोज ४ गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ । फोनपेले आफ्ना मर्चेन्ट तथा प्रयोगकर्तालाई लक्षित गर्दै विभिन्न योजना सञ्चालन गर्दै आइरहेको छ ।

फोनपे नेटवर्कमा आवद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्बाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आवद्ध छन् । यस्तै फोनपेमा हालसम्म करिब १० लाख मर्चेन्ट रहेका छन् । एक करोड ५० लाख भन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।

भुक्तानी सेवा प्रदायक खल्ती मार्फत विभिन्न किसिमका भुक्तानी तथा किनमेल गर्न सकिन्छ । खल्ती मार्फत मोबाईल रिचार्ज, बिजुली, खानेपानीको महशुल लगायतका थुप्रै सेवाको भुक्तानी तथा किनमेल गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.