मितेरी डेभलपमेन्ट बैंकको ३ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

  २०८१ वैशाख १९ गते ७:३९     विकासन्युज

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनीका नाममा रहेको ३ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बैंकका अनुसार संस्थापक सेयरधनीका साथै बैंकको संस्थापक हुन योग्य प्रचलित कानुनको अधिनमा रहेर अन्य व्यक्ति तथा संस्थाले उक्त सेयर खरिदका लागि आवेदन दिन सक्ने छन् ।

इच्छुक संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र सुनसरी धरानमा रहेको बैंकको केन्द्रीय कार्यालयमा वा सेयर रजिष्ट्रार प्रभु क्यापिटलको कार्यालय काठमाडौं आइपुग्ने गरी आवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरूबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.