मिर्मिरे लघुवित्तको २० प्रतिशत बोनस सेयर तपाईको खातामा आयो ?

  २०७९ असोज २ गते १२:१५     विकासन्युज

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बोनस सेयर वितरण गर्न सुरु गरेको छ । लघुवित्तको २०७८ पुस २९ गते सम्पन्न १९ औं वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस सेयर वितरण गरी सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो ।

लघुवित्तको २० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको सेयर जनाएको छ । भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुले लघुवित्तको सेयर अभौतिकीकरण गराएपश्चात सम्बन्धित हितग्राही खातामा बोनस सेयर जम्मा गरिने लघुवित्तले जनाएको छ ।

साथै हितग्राही खाता खोल्न बाँकी र गत आवहरुको सेयर प्रमाणपत्र संकलन नगरेका सेयरधनीहरुले सेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग काठमाडौंबाट प्रमाणपत्र संकलन गरि सेयर अभौतिकीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।

लघुवित्तको २० प्रतिशत बोनस सेयर वापतको ८ लाख ७० हजार १४२.३१ कित्ता सेयर ३० गते नेप्सेमा सूचीकृत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.