शुक्रबारको अन्तिम कारोबारमा दोहोरो अंकले घट्यो बजार

  २०७९ भदौ ३१ गते १४:४९     विकासन्युज

काठमाडौं । शुक्रबारको अन्तिम कारोबारमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । परिसूचक १४.१० अंकले घटेर १९१०.३८ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७३ प्रतिशतले घटी हो ।

बजारमा ९० करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारमा आएका कम्पनीमध्ये रिडी पावर कम्पनीको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ४ करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

टप गेनरको शीर्ष स्थानमा नबिल ब्यालेन्स्ड फण्ड २ रहेको छ । फण्डको इकाई मूल्य ७.८७ प्रतिशतले बढेर प्रतिइकाई ९.६० रुपैयाँ पुगेको छ । यता टप लुजरको शीर्ष स्थानमा मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य ५.५९ प्रतिशतले घटेर प्रतिकित्ता ९८० रुपैयाँमा झरेको छ ।

बजारमा म्युचुअल फण्ड समूह उकालो लागेको छ । बाँकी समूह ओरालो लागेको छ ।

यससँगै अब असोजदेखिको सेयर कारोबार ५ दिनमात्रै खुल्ने छ । हाल आइतबारदेखि शुक्रबारसम्म कारोबार हुँदै आएको बजारमा अब भने आइतबारदेखि बिहीबारसम्म मात्रै हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.