घटेको बजारमा यी १० कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति पुग्यो ?

  २०७९ भदौ ३० गते १५:३१     विकासन्युज

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५७ अंकले घटेर १९२४.४८ अंकमा बन्द भएको छ । हिजोको तुलनामा बिहीबार २.८८ प्रतिशत सेयर बजार घटेको हो ।

बिहीबार दिनभरिमा २३२ कम्पनीको ६९ लाख ४० हजार ५९६ कित्ता सेयर ३५ हजार ५३७ पटक खरिद बिक्री हुँदा २ अर्ब १२ करोड ५६ लाख ५५ हजार ७८७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबार सेयर बजार घटेपनि विभिन्न १० कम्पनीको सेयर मूल्य भने बढेको छ । सिटिजन्स म्युचुअल फण्ड–२ को सेयर मूल्य ४.१२ प्रतिशत अर्थात् ०.३४ रुपैयाँ बढेर ८.५९ रुपैयाँ, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य ३.३८ प्रतिशत अर्थात् ३८ रुपैयाँ बढेर १ हजार ३८ रुपैयाँ, ८.५ प्रतिशत एसबिआई डिबेञ्चर २०८४ को सेयर मूल्य १.९२ प्रतिशत बढेर ८१५.५० रुपैयाँ, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को सेयर मूलय १.६९ प्रतिशत अर्थात् ०.१४ रुपैयाँ बढेर ८.४२ रुपैयाँ पुगेको छ ।

यस्तै, सनराइज ब्लुकचिप फण्डको सेयर मूल्य १.३० प्रतिशत अर्थात् ०.१० रुपैयाँ बढेर ७.७८ रुपैयाँ, मेगा म्युचुअल फण्ड–१ को सेयर मूल्य १.२१ प्रतिशत अर्थात् ०.०९ रुपैयाँ बढेर ७.५० रुपैयाँ, नबिल डिबेञ्चर २०८५ को सेयर मूल्य ०.७८ प्रतिशत अर्थात् ६.२० रुपैयाँ बढेर ८ सय रुपैयाँ, सिद्धार्थ इक्वीटि फण्डको सेयर मूल्य ०.६१ प्रतिशत अर्थात् ०.०५ रुपैयाँ बढेर ८.२१ रुपैयाँ र एनएलजी इन्स्योरेन्सको सेयर मूल्य ०.४१ प्रतिशत अर्थात् १.९० रुपैयाँ बढेर ४६९.९० रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.