राजश्व मात्रै घट्ने देखेर केही वस्तुमा आयात खुला गरेका हौं : मन्त्री बडू

  २०७९ भदौ २३ गते १५:०८     विकासन्युज

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाल बडुले राजश्व मात्रै घट्ने देखेर केही वस्तुमा आयात खुला गरेको बताएका छन् । बिहीबार उद्योग मन्त्री बडुले ५ महिनाको कार्य प्रगति सार्वजनिक गर्दे यस्तो बताएका हुन् ।

आयात प्रतिबन्ध गरेपनि ती वस्तु बजारमा देखिएको र त्यसले राजश्व मात्रै घट्ने देखेर उनले केही वस्तुमा आयात खुला गरेको बताए ।

उनले बन्द भएका वस्तुले पारेका प्रभाव बारे मुल्यांकन गरेर आयात खुला गर्ने निर्णय बारे सोच्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.