निर्जीवन बीमा कम्पनीले उठाए साढे ४ अर्ब प्रिमियम, सबैभन्दा बढी आरबीसीएलको

  २०७९ भदौ १९ गते १८:४९     विकासन्युज

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले एक महिनामै करिब साढे ४ अर्ब रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिका अनुसार कम्पनीहरुले साउनमा मात्रै ४ अर्ब ४७ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएका हुन् ।

१९ कम्पनीहरुले साउन महिनामा मात्रै २ लाख २१ हजार ६४२ वटा बीमालेखबाट सो मात्राको प्रिमियम संकलन गरेका हुन् ।

जसमध्ये, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी (आरबीसीएल) ले ८४ करोड २८ लाख रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । कम्पनीले ३ हजार ११२ वटा बीमालेख बिक्री गरेको हो ।

शिखर इन्स्योरेन्स बढी बीमालेख संकलन गर्नेको दोश्रोमा परेको छ । कम्पनीले साउनमा मात्रै २० हजार ९१७ वटा बीमालेख बिक्री गरी ३५ करोड ५२ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ ।

सगरमाथाले ३२ करोड ६२ लाख र सिद्धार्थ इन्स्योरेन्सले ३० करोड ६२ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । यी दुईले एक महिनामा क्रमशः १८ हजार ८३५ र १७ हजार ८८२ वटा बीमा पोलिसी बिक्री गरेका हुन् ।

यता सबैभन्दा कम बीमाशुल्क संकलन गर्नेमा प्रभु इन्स्योरेन्स छ । इन्स्योरेन्सले एक महिनामा १० हजार ५७४ वटा बीमालेख बिक्री गरी १० करोड ३४ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.