आर्जन बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारण सभा सम्पन्न

  २०७९ भदौ १९ गते १८:५०     विकासन्युज

काठमाडौं । आर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाले प्रस्ताव गरेको १२ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई पारित भएको छ ।

शनिबार ललितपुरको हेरिटेज गार्डेनमा भएको सभाले आर्थिक वर्ष ०७८/०७९ असार मसान्त सम्मको संस्थाको आर्थिक गतिविधि लेखापरिक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको हो ।

चुक्ता पूँजी ३ करोड ३७ लाख ३९ हजार ७ सय रहको संस्थाले आव ०७८/०७९ मा १ करोड ४ लाख ३८ हजार ५सय ७ खुद नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले अघिलो आर्थिक वर्ष ०७७/०७८ मा यस्तो नाफा ८३ लाख ५६ हजार ६सय पन्ध्र रुपैयाँ कमाएको थियो । यो नाफा अघिल्लो वर्षका तुलनामा झण्डै २५ प्रतिशतले बढी हो ।

कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका सहकारी महाशाखा प्रमुख चन्द्रलाल डंगोलले आफ्नो मन्तव्य राख्दै सहकारी ऐनलाई मर्यादित रुपमा कार्यान्वयन गर्न सबै सहकारीहरुलाई आग्रह गर्दै यहि साउन १९ गतेबाट महानगरपालिकाले लागु गरेको सहकारी नियमानुसार १६ प्रतिशत भन्दा बढि ब्याज नलिन आग्रह गरे । उनले आर्जन को–ओपरेटिभले गरेको सफलतालाई धन्यवाद दिंदै आगामी दिनमा सञ्चालक, शेयर सदस्य र कर्मचारी तीनै पाटालाई समेटेर अझ उत्कृष्ट सफलता हासिल गर्न शुभकामना व्यक्त गरे ।

सभामा सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष प्रविण सुवेदीले आर्थिक वर्ष ०७८/०७९ को प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले प्रदान गर्ने सेवा सुविधालाई प्रयोग गर्न सबैमा आग्रह गरेका थिए । त्यस्तै कार्यक्रममा संस्थाका कोषाध्यक्ष रञ्जित कुमार पोदार, उपाध्यक्ष समिर महर्जन, लेखासमितिका संयोजक नवराज भुसाल लगायतले मन्तव्य राखेका थिए ।

संस्थाले ०७९ सालको एसईई परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका ९ जना छोराछोरीलाई मायाको चिनो र नगद दिई सम्मान गरेको थियो । त्यस्तै, संस्थामा उत्कृष्ट कारोबार गर्ने दुईजना शेयरधनी र संस्थामा ५ बर्ष भन्दा बढी लगातार कार्यरत कर्मचारीलाई पनि मायाको चिनो दिएर सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.