प्रभु क्यापिटलसहित ६ वटा मर्चेन्ट बैंकरले पाए कोष व्यवस्थापकको अनुमती दर्ता प्रमाणपत्र

  २०७९ भदौ १९ गते १६:१९     विकासन्युज

काठमाडाैं । नेपाल धितोपत्र बोर्डले ६ वटा मर्चेन्ट बैकरलाई विशिष्टीकृत लगानी कोष अन्तर्गत कोष व्यवस्थापकको रूपमा काम गर्न लागि अनुमती दर्ता प्रमाणपत्र दिएकाे छ ।

बाेर्डले प्रभु क्यापिटलसहित एनआईबिएल एस क्यापिटल, एनएमबी क्यापिटल, लक्ष्मी क्यापिटल, नबिल ईन्भेष्टमेण्ट क्यापिटल, एनआईसी एसिया क्यापिटलसहित ६ वटा क्यापिटललाई अनुमती दर्ता प्रमाणपत्र दिएकाे हाे ।

आईतबारका दिन नेपाल धितोपत्र बोर्डमा एक कार्यक्रमको आयोजना गरी प्रभु क्यापिटल सहित ६ वटा मर्चेन्ट बैकरलाई बाेर्डले अनुमतीपत्र हस्तातरण गरेकाे छ ।

एसआईएफको कोष प्रबन्धकको लागि पाएको स्वीकृतिसँगैं क्यापिटलहरुलाई नेपाली लगानीको क्षेत्रमा निजी इक्विटी र भेन्चर क्यापिटलजस्ता नवीन सेवाहरु प्रदान गर्ने बाटो खुलेको छ ।

यसअघि ग्लोबल ईक्विटी फण्ड र अवसर ईक्विटी फण्ड गरी नेपाल धितोपत्र बोर्डबाट हालसम्म जम्मा ८ वटा संस्थाहरुलाई विशिष्टीकृत लगानी कोष अन्र्तगत कोष व्यवस्थापकको रूपमा काम गर्न लागि अनुमती दर्ता प्रमाणपत्र प्रदान गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.