नर्भिकले ल्यायो तिज अफर, हेल्थ प्याकेजमा भारी छुट

  २०७९ भदौ १२ गते ९:३९     विकासन्युज

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले हरितालिका तिजको अवसरमा विशेष हेल्थ प्याकेजको अफर सार्वजनिक गरेको छ । होल बडी चेकअपका विभिन्न प्याकेजहरुमा आकर्षक छुटसहितको अफर सार्वजनिक गरिएको हो ।

यस अफर अन्तर्गत सेवाग्राहीले भारी छुटमा ३ खालका हेल्थ प्याकेज खरीद गर्न सक्नेछन् । आधारभूत तिज प्याकेज ६ हजार ६ सय ६६ रुपैयाँँ मै उपलब्ध हुने अस्पतालले जनाएको छ ।

यसअन्तर्गत सुगर रेण्डम, युरिक एसिड, लिपिड प्रोफाइल, यूरिया, क्रेटीनाइन, हेमाटोलोजी प्रोफाइल, चेस्ट पिए, इसीजी, अल्टासाउण्ड, यूरिन रुटिन लगायतको जाँच हुनेछ । यस्तै, नर्भिकले मेमोग्रामसहितको तिज प्याकेजमा पनि भारी छुटको अफर सार्वजनिक गरेको छ । यो प्याकेज ९ हजार ९ सय ९९ रुपैयाँमै खरीद गर्न सकिनेछ ।

आधारभूत प्याकेजमा हुने जाँचबाहेक यसमा मेमोग्राफी डबल लगायतका अन्य आइटम पनि समावेश छन् । नर्भिकले ब्रेस्टको यूएसजीसहितको अर्को प्याकेज पनि ल्याएको छ । यो प्याकेज ७ हजार ७ सय ७७ रुपैयाँमै खरीद गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.