अल्का अस्पतालको ओपिडी र ल्याबमा महिलालाई २० प्रतिशत छुट

  २०७९ भदौ ९ गते १५:५९     विकासन्युज

ललितपुर । अल्का अस्पतालले तीजको अवसरमा महिलाहरुलाई छुटको योजना ल्याएको छ । महिलाहरुलाई केन्द्रित गरेर अल्का अस्पतालले यही भदौं १० गतेदेखि १७ गतेसम्म अस्पतालमा उपचार गर्न आएकाहरुलाई ओपिडी सेवामा २० प्रतिशतसम्म छुटको योजना ल्याएको हो ।

अस्पतालका प्रशासन प्रमुख भगवान केसीले भदौं १० गतेदेखि १७ गतेसम्म अस्पतालका सबै सेवामा महिलाहरुलाई २० प्रतिशतसम्म छुट दिने बताए । यो छुट बिरामीहरुलाई ल्याब परीक्षणमा पनि लागु हुने उनले बतए ।

ललितपुरको जावलाखेलमा अवस्थित अल्का अस्पतालले १७ वर्षदेखि बिरामीहरुलाई सेवा दिइरहेको छ। अल्का अस्पतालको आफ्नै नर्सिङ्क कलेज र पोलिक्लिनिक पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.