सम्पूर्ण सेवा बन्द गर्दै सिडिएस, एक दिनभर मेरो सेयर पनि नचल्ने

  २०७९ भदौ २ गते ११:४६     विकासन्युज

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग (सिडिएससी) को सेवा भोलिसम्म बन्द हुने भएको छ । बिहीबार एक सूचना जारी गर्दै सिडिएसले हाल दिँदै आएको सेवा भदौ २ गते साँझ साढे ५ बजेदेखि बन्द हुने जानकारी गराएको हो ।

कम्पनीले सिंहदरवारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरू नयाँ सर्भर र्याकमा स्थानान्तरण (र्याक माइग्रेसन) गर्नुपर्ने भएकोले विभिन्न सेवा बन्द हुने जानकारी गराएको हो ।

हाल सञ्चालन गरिरहेको मेरो सेयर, सिआस्वा, वेभ सीडीएएस र सीएनएस लगायतका सबै सेवाहरु एक दिनसम्म बन्द हुने छ । यससँगै भदौ ३ गते साँझदेखि भने उक्त सेवा पुनः सञ्चालन हुने बुझिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.