प्रतितोला ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

  २०७९ साउन २७ गते ११:१५     विकासन्युज

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रुपैयाँ बढेको हो । बिहीबार छापावाल सुन प्रतितोला ९६ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाली सुनचाँदी व्यवसायी महांसघको अनुसार चाँदीको मूल्य भने तोलाको १ हजार २२५ रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.