अपर हेवाखोला हाइड्रोको सेयर कारोबार खुला, मूल्य रेञ्ज कतिदेखि कतिसम्म ?

  २०७९ साउन २६ गते ९:३१     विकासन्युज

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीको आज (बिहीबार) बाट सेयर कारोबार गर्न सकिने छ । बुधबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएसँगै कम्पनीको सेयर आजबाट किनबेच गर्न मिल्ने भएको हो ।

जसको लागि नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता १०० देखि ३०० रुपैयाँसम्म मूल्य तोकेको छ । यससँगै लगानीकर्ताले यूचएईडब्लुए को स्टक सिम्बोलबाट उक्त रेञ्जभित्र रहेर पहिलो कारोबार गर्न सक्नेछन् ।

नेप्सेमा कम्पनीको ५० लाख कित्ता आईपीओ सूचीकृत भएको हो ।

सेयर रजिष्ट्रारको रुपमा एनएमबि क्यापिटल रहेको छ । यससँगै अब यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुहको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कामहरु एनएमबि क्यापिटल मार्फत हुने छ ।

कम्पनीले सङ्खुवासभा जिल्लामा ८.५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.