इसेवा मनी ट्रान्सफरको रेमिटोत्सव योजनामा गोरखाका कमल बने बम्पर उपहार विजेता

  २०७९ साउन २४ गते १६:१०     विकासन्युज

काठमाडाैं । इसेवा मनी ट्रान्सफरले नयाँ वर्षलाई लक्षित गर्दै ल्याएको रेमिटोत्सवकाे विजेता कतारमा रहेका गोर्खा जिल्ला निवाशी कमल कमर बनेकाे छन् ।

कमरले यस वापत उपहार स्वरुि ५० हजार रुपैयाँ पाएका छन् । उनले रेमिटोत्सव योजनाका बेला कतारको युनिमोनी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफर मार्फत रेमिट्यान्स पठाएका थिए ।

बैशाख १ बाट प्रारम्भ भएर साउन ४ सम्म चलेको यस योजनाको मुख्य उद्देश्य स्वदेश तथा विदेशबाट हुने अवैधानिक रेमिट्यान्स गतिविधिलाई निरुत्साहित गर्दै वैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्नु थियाे ।

यस अफरमा, १४ हप्तासम्म संसारका २०० भन्दा बढी मुलुकबाट इसेवा मनी ट्रान्सफर मार्फत रेमिट्यान्स कारोवार गर्ने मध्ये हरेक दिन १ जनालाई र योजना अवधि भर कुल ९८ जनालाई प्रत्येक दिन उपहार स्वरुप ५ हजार प्रदान गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.