चन्द्रागिरी नगरपालिकाको कर अब आइएमई पे बाट भुक्तानी गर्न सकिने

  २०७९ साउन २३ गते १३:५६     विकासन्युज

काठमाडौं । चन्द्रागिरी नगरपालिकाको कर अब आइएमई पे बाट सजिलै भुक्तानी गर्न सकिने भएको छ । आइतबार नगरपालिकाले भुक्तानी सेवा प्रदायकहरुलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी सेवा शुभारम्भ गरेको हो ।

योसँगै नगरपालिकाका सेवाग्राहीहरुले आइएमई पे एप डाउनलोड गरी आइएमई पे एप मार्फत अथवा नगरपालिकाको वेब पोर्टलमा गएर आइएमई पे मार्फत घर बहाल कर, सम्पति कर र व्यवसायिक कर तिर्न भुक्तान गर्न सक्नेछन् ।

नगरप्रमुख घनश्याम गिरीले विज्ञान प्रविधिको युगमा नगरपालिकाले शुरु गरेको विद्युतीय कर भुक्तानी सेवाले सेवाग्राहीलाई नगरपालिकाको कर भुक्तानी गर्न सजिलो मात्र नभई समेत बचत हुने र नगरपालिका र वडाहरुमा सेवाग्राहीहरुको चाप पनि कम हुने बताए ।  उनल सबै वडाका प्रतिनिधि तथा कर्मचारीहरु यस सेवाको प्रवद्र्घन गर्न लागि पर्नु पर्ने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.