‘छैठौं अन्तर्राष्ट्रिय महिला उद्यमीहरुको व्यापार मेला २०२२’ भदौ २ गतेबाट हुने

  २०७९ साउन २२ गते १६:४१     विकासन्युज

काठमाडौं । ‘छैठौं अन्तर्राष्ट्रिय महिला उद्यमीहरुको व्यापार मेला २०२२’ आउँदो भदौमा हुने भएको छ । मेला भदौको २ गतेबाट ६ गतेसम्म ललितपुरको सानेपामा आयोजना गरिने महिला उद्यमी महासंघ नेपालले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

मेलामा ७ वटै प्रदेशका महिला उद्यमीहरुको सहभागिता हुने आयोजकले जनाएको छ । हातले बनाइएका सामग्री, कृषि उत्पादन, श्रृङ्गारका सामग्री, सजावटका सामग्री, कागजका वस्तुहरु, घरबुनाका सामग्रीहरु, जैविक खाद्य पदार्थ, पुष्प सामग्री, गरगहना, लगायतका वस्तुहरु मेलामा पदर्शन गरिने आयोजकले जनाएको छ ।

मेलामा भारत, पाकिस्तान र बंंगालादेशका महिलाहरुको समेत स्टल रहने छ । मेलामा १०९ वटा स्टल रहने र प्रति स्टलको भाडा २८ हजार हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार विभिन्न जिल्लाबाट स्टल राख्न आउने महिला उद्यमीहरुको लागि भने विशेष छुट दिई प्रति स्टल ३ हजारमा उपलब्ध गराइने छ । साथै विभिन्न जिल्लाहरुबाट आउने महिला उद्यमीहरुलाई खाजा खाने र यातायात खर्च उपलब्ध गराइने आयोजकले जनाएको छ ।

महिला उद्यमीहरुले उत्पादन गरेको वस्तु तथा सेवाहरुको पदर्शनी, प्रवद्धन, बजारीकरण र बिक्रीका लागि साझा स्थलको रुपमा मेलालाई परिणत गर्ने, अन्तर्राष्ट्रिय स्तरसम्म नेपाली उत्पादनलाई प्रवद्र्धन गर्ने, उद्यमीहरुका अनुभव आदानप्रदान गर्ने र संयुक्त लगानीका अवसरहरुको खोजीका लागि मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ ।

मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ । नेपालका महिला उद्यमीहरु सानो अवस्था सुक्ष्म र सानो तहमा भएको र यो मेला ती उद्यमीहरुको प्रवद्र्धनका लागि महत्वपूर्ण हुने महासंघकी अध्यक्ष निरु रायमाझी खत्रीले बताइन् ।

मेलालाई नेपाल सरकार, युरोपियन युनियन, अन्तर्राष्ट्रिय व्यापार केन्द्र, फिन चर्च एड, एशिया फाउन्डेसन, कृषि विकास बैंक, आदि लगायतका निकायहरुले सहयोग गर्नेभएका छन् ।

One comment on "‘छैठौं अन्तर्राष्ट्रिय महिला उद्यमीहरुको व्यापार मेला २०२२’ भदौ २ गतेबाट हुने"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.