‘कलेज आइडिया हन्ट २०२२’ को लागि रजिष्ट्रेसन खुल्यो

  २०७९ साउन १९ गते १४:१७     विकासन्युज

काठमाडौं । आइडिया स्टुडियोले विगत ८ वर्षदेखि सञ्चालन गर्दै आएको ‘कलेज आइडिया हन्ट २०२२’ को लागि रजिष्ट्रेशनको शुरुवात भएको जनाएको छ । व्यवसायिक आइडिया भएका विद्यार्थीहरुबीचमा प्रतिस्पर्धा गराउने उद्देश्यले आयोजकले सो कार्यक्रम आयोजना गरेको हो ।

स्टुडियोले बिहीबार पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गर्दै प्रतिस्पर्धामा सहभागी हुन चाहेका विद्यार्थीहरुलाई सहभागी हुन आग्रह गरेको छ । प्रतिस्पर्धामा सहभागी हुने मध्ये टप ३ जना विद्यार्थीहरुले प्रतिव्यक्ति १ लाख रुपैयाँ पुरस्कार जित्न सक्ने आयोजकले जनाएको छ ।

आइडिया स्टुडियोका सिइओ छिरिङ सेर्पाका अनुसार विद्यार्थीहरुमा रहेको आइडिया प्रतिभालाई उद्यममा बदल्नका लागि सो प्रतियोगिताको आयोजना गरिएको हो । ‘कलेज आइडिया हन्ट २०२२’ मा धेरै भन्दा धेरै विद्यार्थीहरुलाई सहभागी गराउने उद्देश्य रहेको शेर्पाले बताए ।

प्रतियोगितामा सहभागी हुन चाहने विद्यार्थीहरुले आइडिया स्टुडियोको वेबसाइटमा गएर फर्म भरेर सबमिट गर्न सक्ने आयोजकले जनाएको छ । त्यस्तै इच्छुकहरुले आगामी भदौ १९ गतेसम्म फर्म भर्न सक्ने जनाइएको छ ।

‘कलेज आइडिया हन्ट २०२२’ मा सरकारी तथा गैरसरकारी क्षेत्रका धेरै निकायहरुले साझेदारी गरेका छन् । नीति साभेदारमा राष्ट्रिय युवा परिषद, ज्ञान साझेदारमा त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट, बैंकिङ साझेदारमा प्रभु बैंक र एकेडेमिक इनोभेसन साझेदारमा काठमाडौं मोडेल कलेज लगायतका धेरै संस्थाहरु रहेका छन् ।

पत्रकार सम्मेलन कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेत, त्रिभुवन विश्वविद्यालयका सहायक निर्देशक डा.गंगाराम बिक, विश्व बन्यजन्तु कोषको तर्फबाट डा. घनश्याम गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.