दुई सातामै ९१ अर्बले घट्यो बैंकहरुको निक्षेप, बढ्यो सीडी रेसियो

  २०७९ साउन १७ गते १७:१२     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप दुई सातामै ९१ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स संघका अनुसार असारको अन्तिम साताको तुलनामा साउनको दोश्रो सातामै ९१ अर्ब रुपैयाँले निक्षेप घटेको हो ।

गत असार मसान्तमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप साउनको दोश्रो सातामा घटेर ४४ खर्ब ५० अर्ब रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो साताको तुलनामा २८ अर्ब रुपैयाँले कम हो । साउनको पहिलो सातामा बैंकहरुमा यस्तो रकम ४४ खर्ब ७८ अर्ब रुपैयाँ थियो ।

निक्षेपसँगै बैंकहरुको कर्जा लगानी पनि घटेको छ । दुई सातामै बैंकको कर्जा लगानी ११ अर्ब रुपैयाँले घटेको छ । असार मसान्तमा ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले साउन दोश्रो सातामा ४१ खर्ब ६४ अर्ब रुपैयाँमा सीमित भएको छ । जुन साउनको पहिलो सातामा ४१ खर्ब ६५ अर्ब रुपैयाँ थियो ।

त्यस्तै, समीक्षा अवधिमा सीडी रेसियो बढेर ८७.९८ प्रतिशत पुगेको छ । जुन साउनको पहिलो सातामा ८७.७५ प्रतिशत थियो भने असार मसान्तमा ८६.४१ प्रतिशत थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.